Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

नेपाल टेलिकमको एनटी फाइबरमा नयाँ वाई-फाई ६ प्याकेज: ५०० रुपैयाँ जडान शुल्क पूर्ण मिनाहा

नेपाल टेलिकमको एनटी फाइबरमा नयाँ वाई-फाई ६ प्याकेज: ५०० रुपैयाँ जडान शुल्क पूर्ण मिनाहा

आर्थिक पत्र
शुक्रवार, आश्विन ३० २०८३
  • काठमाडाैं। नेपाल टेलिकमले आफ्ना एफटीटीएच  अर्थात् एनटी फाइबर ग्राहकहरूका लागि वाई-फाई ६ मा आधारित नयाँ र सुलभ प्याकेजहरू सञ्चालनमा ल्याउने भएको छ।

    images

    नेपाल टेलिकमद्वारा जारी विज्ञप्ति अनुसार “WiFi 6 Individual Package” अन्तर्गत १०० एमबीपीएसको वार्षिक प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध गराइनेछ। यी वार्षिक प्याकेज लिने ग्राहकहरूले थप सुविधास्वरूप ८०० देखि १००० एमबीसम्मको मोबाइल डाटासमेत प्राप्त गर्नेछन्।

    यसका साथै टेलिकमले ३० एमबीपीएसको नयाँ वार्षिक प्याकेज मात्र ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ। १२ महिनाको समयावधि रहने यी सबै प्याकेजहरू जडान गर्दा लाग्ने ५०० रुपैयाँ जडान शुल्क पूर्ण रूपमा मिनाहा गरिएको छ। टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यी सबै नयाँ अफरहरू २०८३ असोज ३० गतेदेखि लागू हुनेछन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार