Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

पप स्टार रिहानाको खुट्टाको १० लाख डलरको बीमा

पप स्टार रिहानाको खुट्टाको १० लाख डलरको बीमा

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । हलिउडका चर्चित सेलिब्रेटीहरूले आफ्नो शरीरका विभिन्न अंगहरूको करोडौँ मूल्यमा बीमा गराउने प्रचलन नौलो होइन । यसै क्रममा प्रख्यात गायिका तथा उद्यमी रिहानाले सन् २००७ मा आफ्नो खुट्टाको मात्रै १० लाख अमेरिकी डलर ९१ मिलियन डलर० को ठूलो रकममा बीमा गराएको तथ्य फेरि चर्चामा आएको छ । सन् २००७ को उक्त रकम वर्तमान समयको मुद्रास्फीति अनुसार हिसाब गर्दा करिब १५ लाख अमेरिकी डलर (१।२ मिलियन पाउण्ड स्टर्लिङ) बराबर हुन आउँछ ।

    images

    सन् २००७ मा जिलेट कम्पनीको प्रसिद्ध भेनस ब्रिज सेलिब्रेटी लेग्स अफ अ गडेसु अवार्ड जितेपछि रिहानाले यो निर्णय लिएकी थिइन् । सो पुरस्कार प्राप्त गरेसँगै आफ्नो खुट्टाको सुन्दरतामा कुनै आँच आएमा वा भविष्यमा गडेसु (देवी)जस्तो नदेखिएमा त्यसको आर्थिक जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले उनले यो अनौठो बीमा गराएकी थिइन् ।

    विश्व बजारमा कलाकार तथा खेलाडीहरूले आफ्नो करियरलाई सुरक्षित राख्न व्यावसायिक रूपमा यस्ता अंगहरूको विशिष्ट बीमा गराउने गर्दछन्, जसलाई जोखिम व्यवस्थापनको एक उत्कृष्ट र रोचक उदाहरणका रूपमा हेरिने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार