Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै सात टोलीका लोगो अंकित ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक गरेको छ ।

    images

    एनपीएलको उत्साहलाई क्रिकेट समर्थकमाझ अझ नजिक पुर्‍याउने उद्देश्यले विशेष संस्करणका क्यान ल्याइएको कम्पनीले जनाएको छ । यी क्यानमा प्रतियोगितामा सहभागी सात टोलीका लोगो राखिएका छन् ।

    कम्पनीका अनुसार स्पेसल एडिसन क्यानले समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने अवसर प्रदान गर्नेछ । क्रिकेट हेर्दा वा साथीभाइसँग टोलीबारे चर्चा गर्दा पनि समर्थकले आफ्नो मनपर्ने टोलीको लोगो अंकित क्यान रोज्न सक्नेछन् ।

    स्पेसल एडिसन क्यानहरू नजिकका पसल तथा बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार