Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

दसैंपछि काठमाडौंमा कुखुराको मासुको मूल्य घट्यो, जिउँदो कुखुरा किलोको २८० रुपैयाँ

दसैंपछि काठमाडौंमा कुखुराको मासुको मूल्य घट्यो, जिउँदो कुखुरा किलोको २८० रुपैयाँ

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । दसैं सकिएलगत्तै काठमाडौंमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबारदेखि लागू हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको मूल्य घटाएको हो ।

    images

    संघका अनुसार जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटाइएको छ । यसअघि प्रतिकिलो २९० रुपैयाँमा बिक्री हुँदै आएको जिउँदो कुखुराको मूल्य घटाएर २८० रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, तयारी कुखुराको मासुको मूल्य पनि प्रतिकिलो १५ रुपैयाँले घटाइएको छ । यसअघि प्रतिकिलो ४०० रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासुको मूल्य अब ३८५ रुपैयाँ कायम गरिएको संघले जनाएको छ ।

    बजारमा कुखुराको मासुको खपत घट्नु मूल्यमा गिरावट आउनुको प्रमुख कारण रहेको संघले जनाएको छ । दसैंका समयमा कुखुराको मासुको तुलनामा खसीबोकाको मासुको खपत बढी हुने भएकाले कुखुराको मासुको मागमा कमी आएको हो ।

    त्यसैगरी, दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसको उपस्थिति कम हुँदा कुखुराको मासुको माग र खपत दुवै घटेको व्यवसायीहरूको भनाइ छ ।

    मासुको मागमा आएको कमीका कारण बजारमा मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ । दसैंपछि उपत्यकामा जनजीवन सामान्य बन्दै जाँदा कुखुराको मासुको माग र मूल्यमा कस्तो प्रभाव पर्छ भन्ने आगामी दिनमा स्पष्ट हुने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार