काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेर एक लाख दुई हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

