Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

श्रीलङ्काद्वारा आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

श्रीलङ्काद्वारा आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

बुधवार, बैशाख ७ २०७९
  • कोलम्बो । गम्भीर आर्थिक संकटको सामना गरिरहेको श्रीलङ्काले अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहयोगका लागि आग्रह गरेको छ ।छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ ।

    आईएमएफसँग आर्थिक सहयोगका विषयमा भएको छलफल निकै सकारात्मक रहेको वित्तमन्त्री अलिले बताए  । उनले देशको आर्थिक सङ्कट कम गर्न आफूहरुले उठाएको कदमको आईएमएफ अधिकारीले प्रशंसा गरेको बताए ।

    पछिल्लो समय श्रीलङ्काले विदेशी ऋण तिर्न सकेको छैन । यद्यपि गत मङगलबार श्रीलङ्का सरकारले ५१ अर्व डलर विदेशी ऋण तिर्ने घोषणा गरेको छ । श्रीलङ्काको विदेशी ऋणको ३६ प्रतिशत हिस्सा चीनको रहेको छ ।

    श्रीलङ्का स्वतन्त्र भएपछि अहिले सबैभन्दा ठूलो अर्थिक सङ्कटको सामना गरिरहेको छ । खाद्यान्न अभावसँगै ग्याँस, तेल र अत्यावश्यकीय बस्तुको अभाव तथा विद्युत आपूर्ति कटौती भएपछि सरकारको विरोधमा दिनहुँ प्रदर्शन भइरहेका छन् । - एएनआई

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार