काठमाडौँ । पेय पदार्थ ब्राण्ड पेप्सीले नेपालका युवाहरुलाई आफ्नो नयाँ प्रचार अभियान सार्वजनिक गरेको छ । यस अभियानले ब्राण्डको स्वाएग दर्शनलाई पुनःदर्शाउने कम्पनीले जनाएको छ ।
पेप्सीले सुपरस्टार तथा ब्राण्ड सद्भावनादूत प्रदीप खड्का अभिनित एक बहुरङ्गी टिभिसि विज्ञापन अनावरण गरेको छ । उक्त विज्ञापनले पेप्सीको पहिचान स्वाएगका साथमा प्रदीप खड्काको रमाइलो पक्ष र चतु-याईंलाई प्रस्तुत गरेको बताइएको छ ।
“यो नयाँ विज्ञापन पनि हर घुँटमा स्वाएग छ कै विस्तारित रूप हो र यसले पेप्सी सद्भावदूत प्रदीप खड्कालाई गर्मीको दिनमा काठमाडौंको एउटा स्थानमा साथीहरूसँग खाना खाइरहेको देखाउँछ । साथीहरू सबैले हातैले खाना खाइरहेको देखेर भर्खरै विदेशबाट फर्किएको एकजना साथीले उनीहरू सबै बाहिरी दुनियाँसँग साक्षात्कार हुनु पर्छ भन्दै आफ्नो रवाफ देखाउँछ ।”कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, उक्त विज्ञापनमा विदेशबाट फर्किएको साथीले कति वर्ष बितिसक्दा पनि उनीहरूले अझै टेबुल शिष्टाचार सिक्नै बाँकी रहेको बताउँछ । यो सबै सुनेपछि प्रदीपले चिस्सो पेप्सी बोतलबाट एक घुँट पिउँदै स्वाएग लिएर साथीमा अहिले पनि पहिले झैं सबैलाई सताउने बानी बाँकी नै रहेको सुनाउँछ । यसैमा विज्ञापन नयाँ पेप्सी बोतलमा गएर रोकिन्छ र पृष्ठभूमिमा हर घुँटमा स्वाएग छ को धून गुञ्जिरहन्छ ।
विज्ञापन शुभारम्भको अवसरमा आफ्नो मन्तव्य राख्दै पेप्सीको नेपाल क्षेत्रको सिनियर मार्केटिङ्ग डाइरेक्टर नसीब पुरीले भने, “पेप्सी सधैं नै युवा पुस्ताहरूको रोजाई बन्दै आएको छ र नेपालमा अत्यन्त रुचाइएको कोला पेयहरु मध्येको एक हो । पेप्सीद्वारा शुरु गरिएको यस गर्मी मौसमको प्रचार अभियानले युवाहरुको स्वाएगलाई प्रतिबिम्बित गर्दछ । प्रदीपको उपस्थिति र उनको स्वाभाविक अभिनयले विज्ञापनको उचाई बढाएको छ, र आजका पुस्ताको आत्म विश्वास झल्काउने यो प्रचार अभियान सबैलाई मनपर्नेछ भन्नेमा हामी विश्वस्त छौं ।”
साथै प्रचार अभियानको बारेमा आफ्नो धारणा राख्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले भने, “पेप्सीको स्वाएग दर्शन मसंग सधैं नै प्रतिध्वनित हुने गरेको छ । ब्राण्डको कठोर अवस्थाले यसलाई आजका युवाहरुसंग अत्यन्त सान्दर्भिक बनाइदिएको छ । यो विज्ञापनको सार नै तिमी को हौ र तिमीले के गर्न सक्छौं भनेर निर्भीकता देखाउने हो । म निर्धक्क छु कि मेरा प्रशँसकहरूले यो नयाँ विज्ञापनलाई पनि माया गर्नु हुनेछ र चिस्सो, रिफ्रेसिङ्ग पेप्सीको साथमा यसको मज्जा लिनु हुनेछ ।”

