Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजको विदेशी मुद्राको विनिमय दर 

आजको विदेशी मुद्राको विनिमय दर 

मंगलवार, चैत्र ८ २०७८
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ४९ पैसा र बिक्री दर १२२ रुपैयाँ नाै पैसा कायम गरेको छ । 

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ २५ पैसा र बिक्री दर १३४ रुपैयाँ ९१ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६३ पैसा र बिक्री दर १६० रुपैयाँ ४१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९० रुपैयाँ १ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७९ पैसा छ । 

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ १९ पैसा र बिक्री दर १० रुपैयाँ २४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २४ पैसा र बिक्री दर ३३ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । 

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर २९ रुपैयाँ तीन पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ मात्र र बिक्री दर १० रुपैयाँ पाँच पैसा मात्र कायम भएको छ

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार