Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

मेलम्चीको पानी आजदेखि काठमाडौंका घरघरमा, मन्त्री चौधरीले सुरु गरे वितरण

मेलम्चीको पानी आजदेखि काठमाडौंका घरघरमा, मन्त्री चौधरीले सुरु गरे वितरण

आइतवार, बैशाख ११ २०७९
  • काठमाडाैं । मेलम्ची खानेपानी आयाेजनाकाे पानी आजबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।

    images

    खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । साे अवसरमा मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं आएसँगै अब यहाँ देखिएको पानीकाे संकट समाधान हुने बताएका छन्। 

    गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे ।सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।

    यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार