Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

सोमवार, बैशाख १२ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ ७४ पैसा र बिक्री दर १५७ रुपैयाँ ५१ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ५३ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३७ पैसा र बिक्री दर ८८ रुपैयाँ ८१ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ तीन पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ पाँच पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ४९ पैसा र बिक्री दर नौ रुपैयाँ ५४ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नौ रुपैयाँ ८१ पैसा र बिक्री दर नौ रुपैयाँ  ८६ पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार