Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

सोमवार, बैशाख १२ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर एक लाख २ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९९ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । आइतबार तोलामा १ हजार ३६० रुपैयाँमा किनबेच भइरहेको चाँदी सोमबार १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार