Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने, भाडादर कति ?

निगमले जापानको नारितामा साताको तीन उडान गर्ने, भाडादर कति ?

मंगलवार, बैशाख १३ २०७९
  • काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।

    images

    निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्यमा निगमले साताको तीन दिन आइतबार, मङ्गलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले जनाएको छ ।

    जापान सरकारको नियमानुसार आइतबार र मङ्गलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ । विशेषगरी कोभिड महामारीपछि हवाई यात्रुको चाप बढेको एवं मागको तुलनामा सिट सङ्ख्याको उपलब्धता ज्यादै न्यून रहेकाले उडान सङ्ख्या थप्न लागिएको निगमले जनाएको छ ।

    जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेकाले स्वाभाविकरूपमा हाल भाडादर केही महँगो हुन गएको छ । काठमाडौैँ–नारिता रुटमा करसहित बिजनेश क्लासमा रु एक लाख ५२ हजार र इकोनोमी क्लासमा रु एक लाख १९ हजार भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकट बिक्री वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने पनि निगमले स्पष्ट पारेको छ ।

    यदि कसैले बढी भाडा असुलेको पाइएमा यात्रु महानुभावलाई प्रमाणसहित निगममा उजुरी गर्न अनुरोध गरिएको छ । काठमाडौँ–नारिता सेक्टरमा सिट सङ्ख्या बढाउन नेपालस्थित जापानी राजदूतावासलाई अनुरोध गरिसकिएको पनि निगमले जानकारी दिएको छ । निगमले नारिता–काठमाडौँ सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार