Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज पनि घट्याे सुनको मूल्य

आज पनि घट्याे सुनको मूल्य

मंगलवार, बैशाख १३ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।

    त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि सोही भाउ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार