Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज पनि घट्यो सुनचाँदीकाे भाउ

आज पनि घट्यो सुनचाँदीकाे भाउ

बिहिवार, बैशाख १५ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीकाे भाउ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्दै ९८ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

    त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैंयाले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार