Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

दराजबाट सुजुकी मोटरसाइकल तथा स्कुटर किन्दा छुट

दराजबाट सुजुकी मोटरसाइकल तथा स्कुटर किन्दा छुट

आर्थिक पत्र
बिहिवार, कार्तिक २४ २०७९
  • काठमाडौं । दराज सेल ११ः११ मा सुजुकीका मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले नगद १० हजार रूपैयाँ छुट पाउने भएका छन्। 

    त्यस्तै दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रूपैयाँसम्म नगद छुट जित्न सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार यो अफर भिजी सुजुकीले ५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म दराजमा चल्ने ११ः११ सेल स्किममा दिनेछ।

    भिजी अटोमोबाइल्स सुजुकीका मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता हो। भिजी अटोमोबाइल्सले दराजको ११ः११ सेलमा आफ्ना स्कुटर तथा मोटरसाइकलको खरिदमा उक्त छुट दिने भएको हो।

    यो स्किम दराजको सुजुकी फ्ल्यागशिप स्टोरमा मात्र उपलब्ध हुनेछ। 

    दराज सेल ११ः११ मा ग्राहकले सुजुकी एभेनिस १२५, सुजुकी एसेस १२५, सुजुकी वर्गम्यान १२५, सुजुकी हायते र सुजुकी जिक्सर १५५ खरिद गर्न सक्नेछन्।

    ग्राहकले दराजबाट सुजुकीका मोटरसाइकल तथा स्कुटर किनेको फोटो र पैसा तिरेको भौचर सुजुकी शोरूममा उपलब्ध गराएपश्चात कम्पनीले ग्राहकलाई डेलिभरी दिने छ।

    सन् २०२० यता भिजी सुजुकीले दराजसँग मिलेर क्याम्पेन चलाउँदै आएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार