Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रुपाकोट विद्यालयले पायाे चार कोठे पक्की भवन

रुपाकोट विद्यालयले पायाे चार कोठे पक्की भवन

आर्थिक पत्र
शनिवार, कार्तिक २६ २०७९
  • जुम्ला । हिमा गाउँपालिकामा रहेको रुपाकोट आधारभुत विद्यालय बाजागाडले पक्की भवन पाएकाे छ ।  कक्षा कोठा अभाव झेलिरहेकाे यस विद्यालयले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन पाएकाे हाे । 

    प्रधानाध्यापक शान्ति शाहीका अनुसार हिमा गाउँपालिका कै दुर्गम गाउँ बाजागाडा र रुपाकोट आधारभुत विद्यालयमा अध्यनरत बालबालिकाले भवन अभावमा निकै दु:ख झेलिरहेका थिए । उनका अनुसार चार कोठे भवन निर्माण भएपछि अब विद्यार्थीले राहत महसुस गर्ने छन् । प्रधानाध्यापक  शाहीले  सरोकारवाला निकायको सहयोगमा भवन निर्माणपछि तीन कोठामा ६ कक्षा सन्चालन गर्नु पर्ने बाध्यता हटेको बताए । उनले भनिन्, 'बालबालिकाले सुख मनले कक्षा कोठमा बस्न पाउने भएका छन् ।' उनका अनुसार ३६ लाख लगानीमा टिनले छाएको दुई तले पक्की भवन निर्माण भएको  छ । 

    गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले भवन उद्घाटन गरेका छन् । अध्यक्ष शाहीले अब विद्यालयमा आउने बिग्रिएको बाटो बनाउने र घेरबारमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार