Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज पनि घट्यो सुनचाँदीको भाउ

आज पनि घट्यो सुनचाँदीको भाउ

सोमवार, बैशाख १९ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन तोलाको ९९ हजार हजार रुपैयाँमा कायम भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको ९७ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । 

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेर एक हजार २९० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार