Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लगातार घट्दै सुनको भाउ

लगातार घट्दै सुनको भाउ

मंगलवार, बैशाख २० २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको ९८ हजार हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

    तेजावी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । पछिल्लो तीन दिनमा सुन प्रतितोलामा २ हजार रुपैयाँले घटेको छ । 

    त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार