Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस्, आजको विदेशी मुद्राको विनिमय दर

बुधवार, बैशाख २१ २०७९
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३९ पैसा र बिक्री दर १२९ रुपैयाँ दुई पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ६८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ९३ पैसा र बिक्री दर १२५ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७१ पैसा र बिक्री दर ८७ रुपैयाँ १३ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३५ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३८ पैसा र बिक्री दर नौ रुपैयाँ ४३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ चार पैसा र बिक्री दर ३३ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ पाँच पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्री दर नौ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार