Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डीएभी विद्यालयमा तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी सुरु

डीएभी विद्यालयमा तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी सुरु

आर्थिक पत्र
सोमवार, मंसिर १९ २०७९
  • काठमाडौं । डीएभी विद्यालयले शिक्षकहरुलाई लक्षित गर्दै तीन दिने न्यूरो इनक्लुजन प्रशिक्षण एवं कार्यशाला गोष्ठी शुक्रबार सुरु गरेको छ । उक्त प्रशिक्षण लगातार तीन दिन सम्म संचालन रहने छ ।

    विश्वको जनसंख्याको २० प्रतिशत हिस्सा न्यूरो डाइभरजेन्ट रहेको र उनीहरुको शिक्षण फरक ढङ्गबाट हुनुपर्ने मान्यता न्यूरोडाइभरजेन्ट विद्वानहरुको रहेको छ । सोही अनुसार मुख्य प्रशिक्षक जोएल एस. गोडीले न्यूरो डाइभरजेन्ट विद्यार्थीहरुको पहिचान, उनीहरुलाई आवश्यक पर्ने शिक्षण विधि र प्रोत्साहन लगायतका विषय प्रस्तुत गरे ।

    विश्वमा स्थापित शैक्षिक प्रणालीले बहुमत जनसंख्याको आवश्यकतालाई सम्बोधन गर्न सफल भए पनि न्यूरोइनक्लुजन धारणा विकसित राष्ट्रमा समेत नौलो रहेको फ्रान्सेली प्रशिक्षक क्याथेरिन गुईमार्डले बताइन् । उनले नेपालमा यस विषयप्रति चासो रहनु निकै खुशीको खबर समेत रहेको बताइन् ।

    डी.ए.भी. विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले विद्यालयमा हरेक विद्यार्थीहरु खुशीका साथ पढ्ने अवसर पाउनुपर्ने मत आफूले राख्दै आएको र न्यूरोइनक्लुजन अवधारणाले विद्यार्थीहरुको अन्र्तनिहित क्षमता प्रस्फुटन गराउन सहयोग पुग्नेमा विश्वस्त थिइन् । ‘हरेक विद्यार्थीले शिक्षकको मनमस्तिष्कमा रहेको अनुभुति गर्न सक्नुपर्छ’ डा.रावले भनिन ।
    एक कदम अगाडि बढ्दै उनले अभिभाबकहरुलाई समेत यस विषयमा प्रशिक्षण गर्न सके आफ्ना सन्तानको अभिभावकत्व कुशल ढङ्गबाट हुन सक्ने बिचार राखिन् ।

    अध्ययनले बताए अनुसार न्यूरोडाइभरजेन्ट व्यक्तिहरुको दीमाग अत्यन्तै सक्रिय रहने गर्दछ र यसलाई उनीहरुको रुची अनुसार सहि दिशा निर्देशन गर्न सके उनीहरुले समाज, राष्ट्र र विश्वकै लागि अतुलनिय योगदान पु¥याउन सक्दछन् । तर यसलाई नबुझी सामान्य व्यक्ति अनुरुप शिक्षा दीक्षा दिए उनीहरु जीवनमा असफल रहने अध्ययनले देखाएको छ ।
    प्रशिक्षणको दोस्रो दिन गोडी सँगै अष्ट्रेलियाली प्रशिक्षक वाटाली फीलिप्स—फाउन्डर न्यूरोगीफ्टेड र तेस्रो दिन सारा लुईस फाउन्डर वार्यड डीफ्रेन्टली, यू.के र सूइडेनी ईलीजावेथ विकल्याण्डरको पशिक्षण रहनेछ ।

    उक्त प्रशिक्षणमा अनिमा नायर, गीथा सोलराज र रुप आनन्द आर. ले समेत आफ्नो विचार राखेका थिए ।
    यसैबिच डी.ए.भी. विद्यालयका अध्यक्ष श्री अनील केडियाले सम्पूर्ण सहभागीहरुलाई तीन दिने प्रशिक्षणको शुभकामना दिदैँ यस अवधारणाले नेपालमा शैक्षिक जागरण ल्याउन सफल हुनेमा विश्वास व्यक्त गरे । अध्यक्षले आगामि शैक्षिक शत्र देखि न्यूरो डाइभरजेन्ट पाठ्यक्रम तयार पारी शिक्षण प्रव्रिmया अगाडि बढाउने जानकारी समेत गराए ।

    अध्ययनले देखाए अनुसार विश्वविख्यात बैज्ञानिक, उद्योगपति, कलाकार लगायत अन्य पेषामा संलग्नहरु न्यूरोडाइभरजेन्ट रहेको मुख्य प्रशिक्षक जोएलले जानकारी गराए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार