काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ स्थिर रहँदै मंगलबार पनि सोही मूल्यमा कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदी भाउ पनि स्थिर छ । सोमबार तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

