Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बलेफी हाइड्रोपावरकाे आईपीओ निष्कासन १६ चैतदेखि

बलेफी हाइड्रोपावरकाे आईपीओ निष्कासन १६ चैतदेखि

बिहिवार, चैत्र १० २०७८
  • काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले  यही १६ चैतदेखि आईपीओ निष्कासन गर्ने भएको छ । बलेफी हाइड्रोपावर कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओ  जारी गर्न लागेको हो ।

    १६-२१ चैतसम्म खुल्ने यो कम्पनीको आईपीओ ग्लोबल आईएमई क्यापिटलले व्यवस्थापन गर्नेछ।  कम्पनीले  आयोजना प्रभावित स्थानीयहरूका लागि केही समयअघि नै आईपीओ जारी गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० लाख २७ हजार ९७० कित्ता सेयर बाँडफाँड गरिसकेको छ  ।

    कम्पनीको आइपीओ मध्ये चार प्रतिशत कम्पनीका कर्मचारीलाई  र पाँच प्रतिशत कम्पनीका मिचुल फन्डका लागि छुट्याइएको छ । आयोजनाका कर्मचारीलाई ७३ हजार ११९ कित्ता र ९१ हजार ३९८ कित्ता सेयर बाँडफाँड हुनेछ ।

    २०१७ सालमा स्थापना भएको बलेफी हाइड्रोपावर कम्पनीले हाल सिन्धुपाल्चोकमा ३६ मेगावाटको अपर बफेली हाइड्रोपावर निर्माण गरिरहेको छ । सो हाइड्रोपावरको हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार