Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सरकारले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

आइतवार, जेठ १५ २०७९
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आज ल्याउँदैछ । हरेक वर्ष जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

    आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् । बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।

    योजना आयोगले आगामी आवको बजेटका लागि १७ खर्ब ४५ अर्बको सीमा निर्धारण गरिदिएको थियो । 

    जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम शनिबारको प्रतिनिधि सभा बैठकबाट पारित भइसकेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको हो। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार