Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जहाज बेपत्ता अपडेटः ३ चालक दलसहित १३ नेपाली र ६ विदेशी नागरिक सवार थिए

जहाज बेपत्ता अपडेटः ३ चालक दलसहित १३ नेपाली र ६ विदेशी नागरिक सवार थिए

आइतवार, जेठ १५ २०७९
  • पोखरा । पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।

    चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली  नागरिक रहेका थिए । जसमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

    यसैगरी प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको खुलेको छ ।

    जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । अहिले खाेजका लागि हेलिकोप्टर पठाइएकाे छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार