Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन

फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन

बिहिवार, चैत्र १० २०७८
  • मनिला । फिलिपिन्समा विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन राष्ट्रपति रोड्रिगो डुटेर्टेले निर्देशन दिएका छन् ।

    कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले महामारी कम भएकाले अव खुकुलो बनाउनु पर्ने उनको भनाई छ । विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए ।

    “विदेशी पर्यटकहरु आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,” उनले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । निर्देशनमा उनले सोमबार हस्ताक्षर गरेका हुन् । उनले कोरोना सम्वन्धी अन्य प्रतिवन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिएका छन् ।देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिएका छन् ।

    फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण तीस लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने ५८ हजार २८१ जनाको मृत्यु भएको विवरण छ । देशको अहिलेको कुल जनसङ्ख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये ७२.४९ प्रतिशतले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरुको दाबी छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार