काठमाडौं । सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमाथि प्रतिनिधि सभामा आजबाट छलफल सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु हुन लागेको हो ।
बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावपछि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन् । सो क्रममा उठेका प्रश्नको मन्त्रीले जवाफ दिने छन् ।

