Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

मंगलवार, जेठ १७ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ २ सय रुपैयाँले घटेर मंगलबार ९८ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदी भाउ पनि घटेको छ । सोमबार तोलामा एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार