Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीको मूल्यमा गिरावट

आज सुनचाँदीको मूल्यमा गिरावट

मंगलवार, जेठ २४ २०७९
  • काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर मंगलबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।  

    त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । सोमबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार