Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आइतबारकाे फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, कुनकाे कति छ ?

आइतबारकाे फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, कुनकाे कति छ ?

आइतवार, जेठ २९ २०७९
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार शनिबारको तुलनामा आइतबार कुनै फलफूल तथा तरकारीको मूल्य  वृद्धि भएको छ भने कुनैमा मूल्य स्थिर छ । यो थोक मूल्य हो, बजारमा खुद्रा भाउ भने यो भन्दा बढी हुने गर्छ ।

    समितिकाअनुसार आज आइतबार ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, टनेल गोलभेडा ४६ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ५० पैसा, मुडेको आलु ३७ रुपैयाँ, सेतो आलु ३१ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३५ रुपैयाँ ८० पैसा, लोकल बन्दा ८० रुपैयाँ, स्थानीय काउली ५६ रुपैयाँ ६७ पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, तने बोडी ६२ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा र लोकल सिमी ५५ रुपैयाँ रहेको छ । 

    त्यस्तै, भिण्डी प्रतिकेजी ३० रुपैयाँ, स्कुस ४५ रुपैयाँ, स्कुस ४५ रुपैयाँ, रायोको साग ७६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, तितो करेला २७ रुपैयाँ ५० पैसा, भटमास कोशा ९० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, कुरीलो २२५ रुपैयाँ, सेलरी २२५ रुपैयाँ, तामा ११५ रुपैयाँ, कागती १६५ रुपैयाँ, दसहरी र मालदह आँप ९० रुपैयाँ, भुईँ कटहर १७० रुपैयाँ, रुख कटहर ४६ रुपैयाँ ६७ पैसा र किवि ५२५ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार