Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आज सुनचाँदीकाे मूल्यमा गिरावट

आज सुनचाँदीकाे मूल्यमा गिरावट

सोमवार, जेठ ३० २०७९
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकाे मूल्यमा गिरावट आएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँ कायम भएको हो ।

    तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी सोमबार १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार