Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अब सातामा ६ दिन सेयर बजार, शुक्रबार २ घन्टा मात्रै कारोबार हुने

अब सातामा ६ दिन सेयर बजार, शुक्रबार २ घन्टा मात्रै कारोबार हुने

सोमवार, जेठ ३० २०७९
  • काठमाडौं । आगामी हप्तादेखि सेयर बजार अब सातामा छ दिन खुल्ने भएको छ ।

    प्रत्येक दिन बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म कारोबार हुने सेयर बजार शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र खुला हुनेछ ।

    सरकारले गत १ जेठदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिँदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको बिदा कटौती गरेसँगै अब ६ दिन नै सेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । 

    तर, सार्वजनिक बिदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार