Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रि-ओपनिङमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपनिङमा नेप्से सामान्य अंकले बढ्यो

सोमवार, जेठ ३० २०७९
  • काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि-ओपनिङमा नेप्से सूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १.१४ अंकले बढेर २०४९.३० बिन्दुमा पुगेको छ ।

    प्रि-ओपनिङमा सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अंकले बढेको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य बढेको हो । यस्तै दुईवटा कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर छ । 

    सोमबार प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका १३ कम्पनीको ३९० कित्ता सेयर किनबेच हुँदा तीन लाख २०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये उपकार लघुवित्तको सर्वाधिक कारोबार भएको छ । 

    यस अवधिमा लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, तीन लाखको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार