काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार २६५ रुपैयाँ कायम भएको चाँदी मंगलबार २० रुपैयाँले घटेर एक हजार २४५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

