काठमाडौं । दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ, जसमा करिब ५ प्रतिशतको लाभले यस सेग्मेन्टमा नम्बर एक खेलाडी बन्ने उद्देश्य रहेको छ, कम्पनीका एक शीर्ष अधिकारीले भने ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको छ, एलजी इलेक्ट्रोनिक्स इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाक ह्युन किमले जानकारी दिए । एलजी नेपालले पनि स्थानीय बजारमा आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको बेला यो विज्ञप्ति आएको हो ।
“हाम्रो आकांक्षा नम्बर एक टिभी ब्रान्ड बन्ने हो । हामी २०२२ बाट बाहिरिँदा करिब ३२ प्रतिशत बजार हिस्सा हामीसँग हुनेछ,” ह्युम किमले नयाँ दिल्लीमा एक अन्तर्वार्तामा भने ।
ह्युम किम थप्छन् – भारतीय टिभी बजार ४.६ बिलियन डलर भएको अनुमान गरिएको छ र यहाँ दक्षिण कोरियाली फर्मको २०२१ मा लगभग २७ प्रतिशत बजार हिस्सा थियो । “हामीले भारतीय उपभोक्तालाई धेरै राम्रोसँग बुझेका छौं र यसले हामीलाई हाम्रो बजार हिस्सामा हरेक वर्ष सुधार गर्न मद्दत गरिरहेको छ । हामी पैसाको अनुपातमा उचित मूल्य प्रदान गर्ने उत्पादनहरु लिएर आउँदैछौं,” ह्युम किमले भने । नेपालको सन्दर्भमा पनि यो कुरा सम्बन्धित र सान्दर्भिक रहेको छ ।
भारतीय उपभोक्ता जस्तै नेपालका एलजी प्रशंसकहरु प्नि ब्राइटर प्यानेल र लाउड साउन्ड बेस मनपराउँछन् । साथै, एलजी इलेक्ट्रोनिक्स इन्डियाले ७० इन्च वा माथिका स्क्रिन साइजहरुको प्रिमियम टिभी सेटहरुको रेन्जमा आफ्नो बजार नेतृत्व कायम राख्ने आशा लिएको छ ।
“कम्पनीले एस्क्ट्रा लार्ज सेग्मेन्टमा अत्यधिक वृद्धि भइरहेको महशुस गरिरहेको छ । यो वृद्धि १* र २* भन्दा माथिको हो,” किमले भने, “यो बजारको ५ देखि ६ प्रतिशत मात्र हो तर यो तीव्र रुपमा बढिरहेको छ ।”
“कोभिड–१९ महामारी पछि उपभोक्ताहरुको टिभी हेर्ने बानीमा परिवर्तन आएको छ । मानिसहरु अब अल्ट्रा–ठूला स्क्रिनहरुको साथ घरमा सिनेमाको अनुभव लिन चाहन्छन् र कम्पनीले ती व्यवहारिक परिवर्तनहरु देखिरहेका छन्,” किम भन्छन्, “यस सेग्मेन्टमा विशिष्ट प्रविधिका साथ हामी नम्बर एक हुन चाहन्छौं । हामी उपभोक्ताहरुलाई भिन्न किसिमको गुणस्तरीय डिस्प्ले र भिविङ अनुभव प्रदान गर्न चाहन्छौं ।”
नेपालको टिभी उद्योगले स्मार्ट फिचर सहितको ठूला स्क्रिन साइज सेटतर्फ परिवर्तन भइरहेको बुझेको छ । अब उपभोक्ताका लागि ४२ इन्चको स्क्रिन साइज पहिलो रोजाइमा रहन थालेको छ ।
किमका अनुसार अहिले भारतीय बजारमा ४k टिभीको ठूलो हिस्सा रहेको छ, जसमा एलजी नम्बर वान स्थानमा पहिल्यै देखि रहिरकेको छ । पछिल्लो वर्ष ४५ प्रतिशत विक्री भएको टिभी प्यानेलहरु ४k टिभी रहेको थियो र यस वर्ष कम्पनीले ५५ प्रतिशत हुने अपेक्षा गरेको छ । “यो सेग्मेन्ट छिटो बढिरहेको छ र एलजी पनि यसमा विशेष ध्यान दिइरहेको छ,” किमले थप्दै भने ।
यस सेग्मेन्टमा अग्रणी हुने एलजीको महत्वाकांक्षाको बारेमा प्रश्न गर्दा किमले कम्पनीको उत्पादन लाइन, यसको वितरक र डिलरहरुको फराकिलो नेटवर्क र विक्रीपछिको सेवा जस्ता विभिन्न कुराहरुलाई ध्यानमा राखेर यो लक्ष्य सिर्जना गरिएको बताए । “यो प्रयासहरुको मिश्रण हुनेछ, जुन मार्केटिङ, विक्री, उत्पादन र अन्य रणनीतिहरुबाट आउँदछ । यो लक्ष्य प्राप्त गर्न हामी सक्षम छौं,” किम भन्छन् ।

