Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यसै वर्षबाट किसानलाई पेन्सन दिन थाल्छाैँ, मलको समस्या हुँदैन -कृषिमन्त्री यादव

यसै वर्षबाट किसानलाई पेन्सन दिन थाल्छाैँ, मलको समस्या हुँदैन -कृषिमन्त्री यादव

मंगलवार, जेठ ३१ २०७९
  • काठमाडौं । सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् । 

    मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ । 

    किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ । 

    साथै मन्त्री यादवले आगामी बर्षदेखि नेपालमा मलखादको समस्या नहुने बताएका छन् ।  कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको बताउँदै उनले अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने जानकारी दिए । असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेन्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको उनकाे भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार