Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सातै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

सातै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै

बुधवार, आषाढ १ २०७९
  • काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।  

    प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

    संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन् । सातवटै प्रदेश सरकारकाे चालु आवकाे बजेट २ खर्ब ६१ अर्ब रहेकाे छ । 

    स्राेतका अनुसार प्रदेश १ सरकारले सार्वजनिक गर्न लागेको बजेट झन्डै ३८ अर्ब रुपैयाँ बराबरको छ।  मधेस प्रदेशको झन्डै ३४ अर्ब, बागमती प्रदेशको झन्डै ६० अर्ब र गण्डकी प्रदेश सरकारले ३० अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट आउँदै छ। त्यस्तै, लुम्बिनी प्रदेश सरकारले ४१ अर्ब, कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड र सुदूरपश्चिम प्रदेश सरकारले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार