काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

