Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मंगलबार सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ 

मंगलबार सुनको मूल्य ९९ हजार दुई सय रुपैयाँ 

मंगलवार, चैत्र १५ २०७८
  • काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ ।

    सोमबार सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार ९९ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि प्रतितोलमा १० रुपैयाँले घटेको छ । सोमबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार