काठमाडौँ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा दुवै बैंक एकआपसमा गाभिन सहमत भएका हुन् ।
समझदारीपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्। दुबै बैंकबीच स्वाप रेसियो १ः१ मा सहमति भएको हो ।
अब नयाँ बैंकको नाम ग्लोबल आइएमइ बीओके बैंक हुनेछ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन् भने त्यसपछिको स्थानमा बीओकेका श्रवण मास्के हुने छन्।
मर्जरपछि यो बैंक पुँजीका हिसाबले देशकै ठूलो बैंक बन्नेछ । दुई बैंक मर्ज भएपछि चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। अहिले ग्लोबलको चुक्ता पुँजी २३ अर्ब ७९ करोड छ भने बिओकेको चुक्ता पुँजी १० अर्ब ६२ करोड ।

