Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि आईपियो निष्कासन गर्ने

रसुवागढी हाइड्रोपावरले आयोजना प्रभावितका लागि आईपियो निष्कासन गर्ने

बिहिवार, आषाढ २ २०७९
  • रसुवा । रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आईपियो निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आईपियो बिक्री गर्न लागेको हो । 

    जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ । 

    विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो । कम्पनीले पहिले नै सेयर निष्कासनका लागि प्रभावितलाई वर्गीकरण गरिसकेको थियो । रसुवागढीले अति प्रभावितका लागि ४.५, प्रभावितका लागि १.५ र सामान्य प्रभावितका लागि १ प्रतिशतका दरले सेयर निष्कासन गर्ने तयारी गरेको थियो । 

    कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निमाण गरिरहेको छ ।  यसको ८३ प्रतिशत काम सकिएको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार