Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

शनिवार, आषाढ ४ २०७९
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ ।  

    एनआरएनका अभियन्तासमेत रहेका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट  दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

    सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्रसहित सपरिवार अमेरिका बस्दै आएका छन् । उनी गैरआवासीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय उपसंयोजक रहनुका साथै विगतमा गैरआवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

    सुवेदीबाट  नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह हुने मन्त्रालयको  अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार