Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एचआईडिसिएलको लिलामी सेयरमा आजदेखि आवेदन दिन सकिने

एचआईडिसिएलको लिलामी सेयरमा आजदेखि आवेदन दिन सकिने

आइतवार, आषाढ ५ २०७९
  • काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर लिलामीमा आजदेखि आवेदन दिन सकिने छ । १ देखि १५ फागुनसम्मको समयसीमा राखेर एचआईडिसिएलले लिलामीमा ल्याएको तीन करोड ३० लाख कित्ता संस्थापक सेयरको लिलामी प्रक्रिया १३ फागुन स्थगित भएको थियो ।

    संस्थापक समूहको सेयर भए तापनि दोस्रो बजारमा सर्वसाधारणसरह नै कारोबार हुने भन्ने जानकारी कम्पनी व्यवस्थापनले दिएको थियो । सोही आशयका समाचार सञ्चारमाध्यममा आएका थिए ।

    संस्थापक समूहको सेयर कसरी साधारणसरह कारोबार हुन्छ भन्दै धितोपत्र बोर्डले ‘अहिले लिलामीमा ल्याएको सेयर कुन प्रकृतिको हो र यसको कारोबार दोस्रो बजारमा कसरी हुन्छ भन्ने कुरालाई स्पष्ट पारेर मात्रै लिलामी प्रक्रिया अघि बढाउनु, त्यतिन्जेलसम्मलाई स्थगित गर्नु’ भनेर एचआईडिसिएललाई निर्देशन दिएपछि कम्पनीले अर्को सूचना नआएसम्मका लागि भन्दै लिलामी प्रक्रिया स्थगित गरेको थियो । 

    कम्पनीको २२ वैशाख बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद सेयरमध्ये संस्थापक समूहअन्तर्गत बिक्री नभएको तीन करोड ३० लाख कित्ता सेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।

    लगानीकर्ताले ५ देखि १९ असारसम्म कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ । 

    लगानीकर्ताले न्यूनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

    कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लिलामी सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँ ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आदर्शनगर विरगञ्ज, हेटौँडा, नारायणगढ, न्युरोड पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार