Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

फेरि बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य, कुनकाे कति ?

फेरि बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य, कुनकाे कति ?

सोमवार, आषाढ ६ २०७९
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो।

    निगमका अनुसारका अनुसार पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ बढाइएको छ । अब पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ ।

    साथै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ बनाइएको छ भने हवाई इन्धन (बाह्य) १०० डलरले वृद्धि गरी प्रतिकिलोलिटर १६४५ डलर कायम गरिएको छ । निगमका अनुसार एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार