काठमाडौं । सुनको मूल्य प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।
आइतबारको तुलनामा सोमबार प्रतितोला दुई सय रुपयाँले बढेर ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै चाँदीको मुल्य प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

