Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नबिल कार्ड प्रयोगकर्तालाई कतार एयरवेजमा विशेष सुविधा

नबिल कार्ड प्रयोगकर्तालाई कतार एयरवेजमा विशेष सुविधा

सोमवार, आषाढ ६ २०७९
  • काठमाडौं । नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्ताहरूलाई विशेष सुविधा प्रदान गर्न सम्झौता गरेको छ जस अन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताहरूले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागु हुनेछ र हवाई टिकट खरिद गर्दा १०% छुट पाउनेछन् । यो छुट मिति असार १७ गते देखी लागु हुनेछ ।

    images

    आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

    यस साझेदरी अन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उत्त १०% छुट लागू हुनेछ, र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताहरूले कतार एयरवेजका प्रतिनिधिहरूलाई आफ्नो नबिल बैंकको कार्ड पेश गर्नुपर्ने हुन्छ ।

    कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्याङ्कन संस्था, स्काईट्रायक्सद्वारा ५ स्टार कोभिड १९ एयरलाईन सेफ्टी रेटिङ हासिल गरेको एक विश्वव्यापी अन्तराष्ट्रिय हवाई सेवा हो । अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै, यो सहकार्यले हाम्रा ग्राहकहरूका लागि यो साझेदारी लाभदायक हुने भनि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत केशरीले शाह बताए।

    सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटीएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार