Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सानिमा जनरल इन्स्योरेन्सकाे विशेष साधारणसभा १५ असारमा

सानिमा जनरल इन्स्योरेन्सकाे विशेष साधारणसभा १५ असारमा

सोमवार, आषाढ ६ २०७९
  • काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले १५ असारमा विशेष साधारणसभा आयोजना गरेको छ । कम्पनीको विशेष साधारणसभा काठमाडौंमा हुनेछ । गत २९ जेठमा बसेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

    बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारणसभा बोलाएको छ ।

    सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले ८ मा बुक क्लोज गर्नेछ । जसअनुसार ७ असारसम्म कायम सेयरधनीले विशेष साधारणसभामा भाग लिन सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार