Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सेयर जारी नगरेका बिमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने, समितिले दियो यस्तो सुविधा

सेयर जारी नगरेका बिमा कम्पनीहरू पनि मर्जरमा जान सक्ने, समितिले दियो यस्तो सुविधा

मंगलवार, आषाढ ७ २०७९
  • काठमाडौं । सर्वसाधारणमा सेयर जारी नगरेका बिमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् ।

    पछिल्लो समय बिमा कम्पनीहरूलाई मर्जरमा जान समितिले  दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ । 

    जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू  एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बिमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित्  बिमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

    त्यस्तै बिमा समितिबाट  तोकेको बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात पुगेका वा नपुगेको कम्पनीहरू मर्जरका योग्य हुनेछन् । तर, उक्त कम्पनीहरू मर्जरमा गएपछि बिमा कोष र अनिवार्य जगेडा कोषको अनुपात तोकिए बमोजिम कायम गर्नुपर्ने व्यवस्था छ । 

    मर्जरका लागि सैद्धान्तिक सहमति प्राप्त गरेका बिमकहरूले गाभ्ने वा प्राप्ति प्रक्रियालाई मनासिव कारणसहित बीमा समितिको स्वीकृति नलिई आफूखुसी भंग गरी त्यस्तो प्रक्रियाबाट अलग भएको निर्णय गर्न नपाइने समितिले जनाएको छ ।

    Avatar

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार