Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी, यसरी हेर्न सकिन्छ नतिजा

आर्थिक पत्र
बुधवार, आषाढ २० २०८०
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफलको नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले १-२ दिनभित्रमा नतिजा प्रकाशनको तयारी गरेको छ । यता, बोर्डले परिक्षाको नतिजा हेर्न सकिने वेबसाइटबारे जानकारी गराएको छ । बोर्डका अनुसार एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । 
     
    परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ । नेपाल टेलिकमको एसएमएस, आइभिआरमा १६०० डायल गरी नतिजा हेर्न सकिनेछ । 
    news_jeybbsyn1tk.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार