Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एसईई नतिजा आज आउँदै, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ

एसईई नतिजा आज आउँदै, अनलाइन र एसएमएसबाट यसरी हेर्न सकिन्छ

आर्थिक पत्र
बिहिवार, आषाढ २१ २०८०
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । परिक्षा बोेर्डले एक सूचना प्रकाशित गर्दै एसईई नतिजा हेर्ने वेबसाइट, एसएमएस र आईभीआर सार्वजनिक गरेको हो ।

    कुनै प्राविधिक समस्या नभएको खण्डमा आजै सार्वजनिक हुने बताइएको एसईई नतिजा अनलाइनबाट हेर्न केही समय लाग्छ । तर एसएमएस तथा आईभीआरबाट भने तुरुन्तै हेर्न सकिने बोर्डले जनाएको छ ।

    मेसेजमार्फत नतिजा हेर्ने तरिका

    एसईईको नतिजा नेपाल टेलिकमको एसएमएसमार्फत यसरी हेर्नसकिने छः

    सबैभन्दा पहिले मोबाइलमा मेसेज एप खोल्नुहोस् ।
    त्यसपछि न्यु मेसेजको अप्सनमा ट्याप गर्नुहोस् ।
    त्यसपछि  एसईई लेखेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाउनुहोस् ।

    त्यस्तै नेपाल टेलिकमको आईभिआर मार्फत नतिजा सुन्नका लागि १६०० मा कल गरेर अपरेटरले दिएको निर्देशन पालना गर्दै सिम्बोल नम्बर टाइप गरिसकेपछि नतिजा थाहा पाउने सकिनेछ ।

    एसएमएसबाट नतिजा हेर्ने अन्य विकल्प पनि यस प्रकार छन्

    –जानकी टेक्नोलोजी प्रालिबाट नतिजा हेर्न ३५००१ मा एसएमएस पठाउनुहोस् ।

    –इजी सर्भिस प्रा लिबाट नतिजा हेर्न ३४९४९ मा एसएमएस पठाउनुहोस् ।

    –आकाश टेक प्रालिबाट नतिजा हेर्न  ३१००३ मा एसएमएस पठाउनुहोस् ।

    –क्रियसन सफ्ट नेपाल प्रालिबाट नतिजा हेर्न ३१०३४ मा एसएमएस पठाउनुहोस् ।

    यी सबैमा नेपाल टेलिकमको एसएमएसमार्फत नतिजा हेरे जस्तै प्रक्रिया दोहोयाउनु पर्ने हुन्छ । एसएमएस र आईभीआर सेवामार्फत जीपीए मात्र थाहा पाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार