Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सफ्टवेरिका कलेजमा 'टेक-एक्स २०२३' सुरू

सफ्टवेरिका कलेजमा 'टेक-एक्स २०२३' सुरू

आर्थिक पत्र
बिहिवार, श्रावण ११ २०८०
  • सफ्टवेरिका कलेजमा 'टेक-एक्स २०२३' प्रदर्शनी सुरू भएको छ। चार दिनसम्म चल्ने उक्त प्रदर्शनी आज (बिहीबार) देखि सुरू भएको हो।

    प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी हुन्।

    टेक-एक्स २०२३ एक प्राविधिक प्रदर्शनी हो। यहाँ सफ्टवेरिका कलेजमा अध्ययनरत एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका प्रोजेक्टहरूको प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी कलेजकै प्रांगणमा हुँदैछ। 

    आइतबारसम्म चल्ने प्रदर्शनीमा 'रोबो वार' मुख्य आकर्षणको रूपमा रहेको आयोजक कलेजले जनाएको छ। प्रदर्शनीमा ३० भन्दा बढी प्रोजेक्टका स्टलहरू छन्। प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशुल्क रूपमा अवलोकन गर्न सकिनेछ। 

    बिहीबार उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले नेपालमा पछिल्लो समय प्रविधिमा विद्यार्थीहरूको रुचि बढेकोमा खुशी व्यक्त गर्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन हुनेमा सकारात्मक धारणा व्यक्त गरिन्। साथै उनले सूचना-प्रविधिबारे मानिसहरूलाई व्यावसायिक तालिममार्फत् पनि सिकाउने तयारी गरेको बताइन्। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार